Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ जारी, अधिकत्तम १ लाख रुपैयाँसम्म मात्रै रेमिट्यान्स नगदमा भुक्तानी

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ जारी, अधिकत्तम १ लाख रुपैयाँसम्म मात्रै रेमिट्यान्स  नगदमा भुक्तानी

काठमाडौ, १८ पुस । विदेशबाट पठाईएको रकम नेपालमा भुक्तानी गर्दा नगदमा अधिकत्तम १ लाख रुपैयाँसम्म मात्र गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ जारी गर्दे रेमिट्यान्स कम्पनी, एजेण्ट, सव एजेण्ट मार्फत विदेशबाट पठाएको रकम बैकहरुमा प्राप्त भएपछि सम्बन्धित पक्षलाई अधित्तम उक्त सिमामा रहेर भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको हो । उक्त रकम भन्दा बढीको रकम भुक्तानी गर्नु परेमा बैक खाता वा चेक मार्फत भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै, विप्रेषण कम्पनीहरुबाट जारी गरिएका रेमिट्यान्स कार्ड मार्फत स्वदेश भित्र सम्बन्धित पक्षलाई रकम भुक्तानी गर्न सकिनेछ । विदेशमा रहेका नेपालीहरुबाट जम्मा भएको रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्दा ग्राहक पहिचान नम्बर नाम, ठेगाना, रकम र सम्पर्क नम्बर यकीन गरी मात्र भुक्तानी गर्नुपर्नेछ । स्वदेशमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा अनिवार्य रुपमा सम्बन्धित रेमिट्यान्स कम्पनीहरुको सिस्टम प्रयोग गरी प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकत्तम १ लाखसम्मको कारोबार गर्न सकिन्छ ।

राष्ट्र बैकले इन्टरनेक बैकिङ मार्फत मासिक ५० लाख रुपैयाँसम्मको एकाण्ट ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको छ । प्रतिदिन १० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिनेछ । इन्टरनेट बैकिङ मासिक ३० लाख रुपैयाँसम्म मर्चेण्ट पेमेण्ट गर्न सकिनेछ । दैनिक १० लाख रुपैयाँसम्म गर्न सकिनेछ । प्रिपेड कार्ड मार्फत प्रतिकारबोर २५ हजार रुपौयँसम्म गर्न सकिनेछ । न्यूनत्तम भने ५ सय रुपैयाँसम्म गर्नुपर्नेछ । डेविट कार्डबाट प्रति दिन १ लाख रुपैयाँसम्मको कारबोर गर्न सकिनेछ । प्रति कारोबार सिमा २५ हजार रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x