Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

व्यापारिक नाकाहरुको स्तरोन्नती आवश्यक छ : मन्त्री खतिवडा

व्यापारिक नाकाहरुको स्तरोन्नती आवश्यक छ : मन्त्री खतिवडा

काठमाडौं, १८ पुस । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदेशको विकासका लागि व्यापारीक मार्गहरुलाई स्तरीय बनाउँन आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश भ्रमणका क्रममा धनगढी आएका मन्त्री खतीवडाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका छन् ।

सरकारले प्रदेशको राजधानी संग स्थानीय तहहरुलाई सडक सञ्जालसँग जोड्न सरकारले बजेट विनियोजन गर्ने तयारी थालेको बताए । भारतसंग सिमा जोडिएका सडक र पुर्वपश्चिम राजमार्गको स्तर उनन्ती पनि सरकारको पहिलो प्राथमिकतामा रहेको उनले दावी गरे ।

संघीय सरकारले विकासका दृष्टिकोणले अलि पछाडी परेको सुदरपश्चिम, कर्णाली र प्रदेश २ लाई बढी महत्व दिएको अर्थमन्त्री खतीवडाले बताए । सरकारले सवै नागरिकलार्ई करको दायरामा ल्याउँन दुर्गम क्षेत्रमा पनि कर कार्यालय खोल्ने तयारी गरेको छ । त्यस्तै खर्च प्रणाली लाई ब्यवस्थित गर्ने दैनिक खर्चको विवरण प्रधानमन्त्री कार्यालयको वेब साईडमा राखिएको अर्थमन्त्री खतिवडाले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x