Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

लगानी सम्मेलनमा प्रस्तुत १४ परियोजनाको ११ खर्ब ८८ अर्बको लगानी प्रक्रिया अघि बढ्यो

लगानी सम्मेलनमा प्रस्तुत १४ परियोजनाको ११ खर्ब ८८ अर्बको लगानी प्रक्रिया अघि बढ्यो

काठमाडौं, १८ पुस । गत चैतमा भएको लगानी सम्मेलनमा प्रस्तुत १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न भएको छ । लगानी बोर्डले ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका ती १४ परियोजनाको सम्भावित लगानीकर्ताको सूची तयार पारेको हो ।

लगानी सम्मेलनमा ५० वटा सार्वजनिक परियोजना सोकेस गरिएको थियो । त्यसैबाट १४ परियोजनाका लगानीकर्ता छनोटले गति पाएको हो ।

यी परियोजना अघि बढेसँगै देशको ऊर्जा, उद्योग, यातायात तथा कृषि लगायत क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

लगानी बोर्डले हाल करिब ५ खर्ब ६५ अर्ब रुपैयाँ कुल परियोजना लागत भएका ९ वटा विभिन्न क्षेत्रका कार्यान्वयन तथा सहजीकरण गरिरहेको छ । जसमध्ये करिब १ खर्ब ४ अर्ब रुपैयाँ लागतको अरुण तेस्रो परियोजनाले बाँध, विद्युत्गृह तथा सुरुङ जस्ता महत्त्वपूर्ण संरचना निर्माणमा करिब एक तिहाइ काम पूरा भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *