सुर्खेतको बिरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना

काठमाडौं, १८ पुस । राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्याल सञ्चालनमा ल्याएको छ । बैंकले सुर्खेतको बिरेन्द्रनगरमा संचालनमा ल्याएको उक्त कार्यालयको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले ल्याउने वित्तीय सचेतान र पहुँच अभिबृद्धिका कार्यक्रम राष्ट्रिय वाणिज्य बैंकबाटै संचालनमा ल्याउने बताए ।

त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री माननीय प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *