Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुक्तिनाथका १८ वटा शाखा थपिए, बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत ८ लाख खर्च

मुक्तिनाथका १८ वटा शाखा थपिए, बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत ८ लाख खर्च

काठमाडौं, १९ पुस । मुक्तिनाथ विकास बैंकले थप १८ वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकाले बैंकले १४ औं वर्ष प्रवेश गरेको अवसरमा डिजिटल माध्यमद्वारा केन्दीय कार्यलयबाट उक्त शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् । बैंकले काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनास ताल, तनहँुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट,पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा एकैसाथ शाखा कार्यालयको उद्घाटन गरेको हो । उक्त कार्यक्रममा अध्यक्ष ढकालले बैंकले सेवाग्राहीहरुलाई सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने जानकारी दिए ।

वार्षिक उत्सवको अवसरमा बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गरेको छ । जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धा श्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरणजस्ता कार्यक्रम गर्दै आएको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकका क्षेत्रीय शाखाकार्यालयहरुले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङ्गको धादिङ्ग बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम सञ्चालन गरेका जनाएको छ । उक्त रक्तदान कार्यक्रमबाट कुल ४ सय ३० पोका रगत संकलन गरिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए । त्यस्तै वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका सामाजिक उत्तरदायित्व कार्यक्रममा ८ लाख रुपैयाँ खर्च गभएको सूचना अधिकारी गुरुङ्गले बताए ।

हाल बैंकले यी शाखा कार्यालयसमेत गरी एक सय ३४ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x