पर्यटन बोर्डको सर्टलिस्टमा ९ जना, बच्चुनारायण श्रेष्ठको सम्भावना अधिक
काठमाडौं, २० पुस । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि ९ जनाको नाम सर्टलिस्टमा परेको छ । आवेदन दिएका १७ जनामध्ये ९ जनाको नाम पहिलो चरणको सर्टलिस्टमा परेको हो । छनौट भएका उम्मेदवारलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण सहितको अन्तर्वार्ताका लागि बोलाईने छ ।
बोर्डका पूर्व सिईओ दिपक राज जोशीको कार्यकाल सकिएपछि २०७६ मंसिर १८ गते पहिलो पटक २१ दिनको समय दिएर आवेदन माग गरिएको थियो । जसमध्ये काशीराज भण्डारी, दीपक बाँस्कोटा, दीपकराज जोशी, धनञ्जय रेग्मी, नविन पोखरेल, रोहिणीप्रसाद खनाल, सन्तोष विक्रम थापा र हिक्मत सिंह ऐरको नाम सिफारिस गरिएको हो।
सर्टलिस्ट गरिएका व्यक्तिहरुमध्ये बच्चुनारायण श्रेष्ठको सम्भावना बढी रहेको स्रोतको दाबी छ । श्रेष्ठ भिजिट नेपाल सचिवालयको सदस्य सचिव हुन्। श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भिजिट नेपाल २०२० सचिवालयको सदस्य(सचिवमा नियुक्त गरेका थिए। श्रेष्ठ यति ग्रुपअन्तर्गतका विभिन्न कम्पनीको सल्लाहकारको रुपमा काम गरिरहेका व्यक्ति हुन्। पासाङ ल्हामु शेर्पा प्रतिष्ठानका महासचिव रहेका श्रेष्ठले तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाको सल्लाहकारसमेत भएर कार्य गरेका थिए।