Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपालको निर्यात बढाउने पाम आयलले भारतसँगको व्यापारिक सम्बन्ध बिगार्ने चिन्ता

नेपालको निर्यात बढाउने पाम आयलले भारतसँगको व्यापारिक सम्बन्ध बिगार्ने चिन्ता

काठमाडौं, २१ पुस । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु कुन होला ? धेरैको बुझाइ हुनसक्छ, नेपालमै उत्पादन हुने अदुवा, अलैंची, चिया वा यस्तै कुनै । तर नेपालबाट सर्वाधिक निर्यात हुने बस्तु हो पाम आयल । भन्सार विभागले गतसाता सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६÷०७७ को पाँच महिनाको तथ्यांक अनुसार नेपालबाट साढे ११ अर्व रुपैयाँको पाम आयल निर्यात भएको छ। तर यती धेरै निर्यात हुने पाम नेपालमा भने उत्पादन नै हुदैन ।

चालु वर्षको पाँच महिनामा नेपालबाट ४७ अर्व ६१ करोड रुपैयाँको निर्यात भएको छ । यसमा ठुलो हिस्सा पामको छ ।

अहिले भारत सरकारले प्रतिकिलो पाम आयलको आयातमा ५४ प्रतिशत भन्सार दर, १० प्रतिशत सेवा शुल्क र ५ प्रतिशत जीएसटी लगाउने गर्छ । तर त्यही वस्तु नेपाल ल्याएर सामान्य भ्यालु एड गर्दा भन्सार रहित भारत पुग्छ । दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अनुसार नेपालबाट भारत जाने वस्तुमा पाम आयललाई पनि भन्सार रहित वस्तुको पहुँच दिएको छ । यसको फाइदा उठाउँदै व्यापारीले मलेसिया र इन्डोनेसियाबाट पाम आयल आयात गरेर भारततर्फ निकासी गर्ने गरेको अर्थविद् डा.पोषराज पाण्डे बताउछन् ।

नेपाली व्यापारीहरुले प्रतिकिलो ६९, ७० रुपैयाँमा आयात गरि त्यसलाई सामान्य प्रशोधन गरेर १ सय २ रुपैयाँमा निर्यात गरिरहेका छन् ।

केही व्यवसायीले गरेको यस्तो बठ्याईले तत्कालका लागि निर्यातको आँकडा उकालो चढेपनि दीर्घकालमा नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध बिग्रन सक्नेमा उनले सचेत गराए । नेपाल र भारतबीचको व्यापारिक सम्बन्धमा यसले विवाद ल्याउन सक्ने भन्दै उनले यसको निर्यातमा नियमन आवश्यक रहेको बताए ।

उसो त पछिल्लो समय व्यापारघाटा नेपाली अर्थतन्त्रका लागि ठुलो टाउको दुखाईको विषय बनेको छ । तर यसरी बढेको निर्यातको आँकडाबाट सरकार हौसिने भन्दा पनि सचेत हुँदै आफ्नो उत्पादन बढाउदै प्रतिस्पर्धात्मक क्षमता बृद्धि गर्नेतिर केन्द्रित हुन आवश्यक रहेको अर्थविद् पाण्डेको सुझाव छ ।

पाम एक प्रकारको वनस्पतिजन्य तेल हो । अफ्रिकी मुलुकमा उत्पत्ति भएको यो तेल हाल इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन हुन्छ । पाम आयलको सबैभन्दा ठूलो निर्यातक राष्ट्र भारत हो । भारतले एक वर्षमा १ करोड ५० लाख टन भन्दा बढी पाम आयल आयत गर्ने गरेको अनुमान छ । पामको प्रयोग पिज्जा, चकलेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामाग्री बनाउन गर्ने गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x