Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७६ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७६ हजार

काठमाडौं, २१ पुस । नेपाली बजारमा आज सुनको मूल्यले फेरि अर्को रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रुपैयाँ थियो । व्यवसायीहरुका अनुसार आजको मूल्य अहिलेसम्मकै उच्च हो ।

सुनको मूल्य बढ्नुमा अमेरिका र इराकबीचको भू–राजनीति द्वन्द्वलाई मुख्य कारण मानिएको छ। यसअघि अमेरिका र चीनबीचको व्यापारीक द्वन्द्वका कारण पनि सुनको मूल्यमा बृद्धि भएको थियो । जव अन्तर्राष्ट्रियस्तरमा राजनीतिक एवं व्यापारिक टकराव देखिन थाल्छ त्यसपछि सुनको मूल्य पनि उकालो चढ्ने गरेको पाइन्छ । सुनलाई विश्वभरका लगानीकर्ताले सुरक्षित लगानीको रुपमा लिने गरेकाले यस्तो हुने गरेको जानकारहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x