Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दरबारमार्गको यतीको भवन बनाउँने कार्य रोक्न अदालतको आदेश

दरबारमार्गको यतीको भवन बनाउँने कार्य रोक्न अदालतको आदेश

काठमाडौँ, २६ पुस । यति समूहले दरबारमार्गमा बनाउँदै गरेको भवनको निर्माण कार्य रोक्न पाटन उच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार भवनको संरचना निर्माण रोक्न अल्पकालीन आदेश दिएको हो ।

अदालतले सुविधा र सन्तुलनका आधारमा यस अघिको सम्झौता यथास्थितिमा राख्न आदेश दिएको छ । सम्झौताबमोजिमको कार्य अगाडि नबढाउन भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले यती समूहको भगिनी संस्था थामसेर्कु टे«किङ प्रालिसँग १५ दिनभित्र लिखित जवाफ पनि माग गरेको छ । मुख्य न्यायाधीश सुवेदीले यस विषयमा अन्तरिम आदेश दिने÷नदिने भन्नेबारे टुंगो लगाउन आगामी १ माघमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएका छन् ।

नेपाल ट्रस्ट ऐनको दफा ५ मा राखिएको प्रतिबन्धात्मक वाक्यांशअनुसार नै दरबारमार्गको जग्गा शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्न सार्वजनिक सूचना जारी गर्नुपथ्र्यो । तर, ट्रस्ट कार्यालयका तत्कालीन शाखा अधिकृत ऋषिकेश तिम्सिनाद्वारा हस्ताक्षरित १८ फागुन ०७३ पत्रअनुसार व्यापारिक प्रयोजनका लागि यती समूहको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिइएको पाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x