Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

साना किसान विकास लघुवित्तको २८.६८४ प्रतिशत लाभांश पारित

साना किसान विकास लघुवित्तको २८.६८४ प्रतिशत लाभांश पारित

काठमाडौं, २६, पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले यो वर्ष २८.६८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १८ औं साधारण सभाले २७.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिश नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । शनिवार ललितपुरमा सम्पन्न साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीबाट सो बोनस सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीको हालको चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ कायम हुनेछ । साधारण सभाले संस्थाको जारी र चुक्ता पुँजी बृद्धिका लागि प्रबन्धपत्र संशोधन पनि गरेको छ । हाल संस्थामा ७० वटा जिल्लाका करिव ९ लाखभन्दा बढी परिवार आवद्ध छन् । चालु आर्थिक पहिलो तीन महिनासम्मको तथ्यांक अनुसार १९ अर्व रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x