Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रदेश ३ को राजधानी हेटौंडा पारित

प्रदेश ३ को राजधानी हेटौंडा पारित

काठमाडौं, २७ पुस । प्रदेश ३ को प्रदेशसभाले राजधानी हेटौंडा पारित गरेको छ । भर्खरै सम्पन्न मतदानमा १०५ सदस्यहरुले हेटौंडाको पक्षमा मतदान गरेपछि हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने भएको हो । ३ जना प्रदेशसभा सदस्य काभ्रेको धुलीखेललाई राजधानी बनाउन पक्षमा मतदान गरेका थिए । बहुसंख्यक ले अस्वीकार गरेपछि धुलिखेल राजधानी बनाउने प्रस्तावलाई सभाले खारेज गरेको थियो ।

त्यसपछि मुख्यमन्त्री डोरमणी पौडेलले सभासमक्ष हेटौंडालाई राजधानी कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा मतदान हुँदा १०५ मत परेको हो । ११० सदस्यीय प्रदेशसभामा दुई तिहाईभन्दा बढी मतले हेटौंडालाई राजधानी बनाउने पक्षमा मतदान गरेको हो । प्रदेश ३ को नाम बाग्मती राख्नेमा भने कुनै विवाद छैन ।
सत्तारुढ दल नेकपाले समेत आफ्ना सांसद्लाई हेटौंडा राजधानी बनाउने पक्षमा मतदान गनै निर्देशन दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x