ग्रामीण विकास लघुवित्तको मर्जरमा जानेसहित अधिकृत पूँजी २ अर्ब पुर्याउँने प्रस्ताव पारित

हरिश ढकाल
बुटवल, २७ पुस । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको गत शुक्रवार बुटवलमा सम्पन्न पाँचौं वार्षिक साधारण सभाले मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त वित्तीय संस्था पहिचान गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको हो ।

त्यस्तै सभाले संस्थाको हाल ९८ करोड २५ लाख अधिकृत पूँजी रहेकोमा त्यसलाई वृद्धि गरी २ अर्ब रुपैयाँ पुउँने प्रस्ताव पनि पारित गरेको छ । संस्थाको प्रतिबेदन अनुसार पहिलो मर्जरका समयमा रहेको कुल नोक्सानी ७६ करोड ६१ लाख १५ हजार रुपैयाँबाट घटाएर ११ करोडमा झार्न सफल भएको छ । सातवटै प्रदेशमा एक सय ८८ वटा शाखा कार्यालयमार्फत् ३ सय ६३ स्थानीय तहमा लघुवित्त सेवा पु¥याएको सो वित्तीय संस्थाको पूँजी बृद्धिले ग्रामिण अर्थतन्त्रको विकासमा थप प्रभावकारिता बढ्ने विश्वास लिइएको छ । खासगरि बिपन्न समुदायका महिलाहरुलाई सामुहिक जमानीमा बिना धितो कर्जा प्रवाह गर्दै आएको सो वित्तीय संस्थाले गत आवमा ३२ करोड ११ लाख ६५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । हालसम्म वित्तीय संस्थाले ९ अर्ब ९० करोड कर्जा प्रवाह गरेको र ३ अर्ब २३ करोड बचत परिचालन रहेको संस्थाका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले गत वर्षको तुलनामा मुनाफा २८.१४ प्रतिशत, कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले बृद्धि भएको जानकारी दिए । ग्रामीण बैकिङ्ग अवधारणामा लघुवित्तको कारोबार गर्ने उद्देश्यका साथ स्थापित साविकका क्षेत्रीय स्तरका पा“चवटा ग्रामीण विकास बैंकहरू मर्जभई राष्ट्रिय स्तरको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको स्थापना भएको हो । यो भन्दा पहिले पनि पाँचवटा क्षेत्रीय स्तरका ग्रामिण बैंकहरु गाभिएर राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *