सन्राइज बैंकमा ‘सन्राइज रिकरिङ्ग’ खाता खोल्दा ९० प्रतिशत कर्जा पाइँने

काठमाडौं, २७ पुस । सन्राइज बैंकले ‘सन्राइज रिकरिङ्ग’ खाता संचालनमा ल्याएको छ । सर्वसाधारणमा बचत गर्ने बानिको विकास गराउने उद्देश्यका साथ उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त खाता खोल्दा बचत खातामा जसरी नै रकम जम्मा गर्न सकिनेछ र व्याज पनि मुद्धतिखाता सरह नै पाइँने छ ।

यो खाता खोल्ने सर्वसाधारणले आवश्यकताअनुसार उक्त खातामा जम्माभएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउँने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिनेछ ।

खाता खोल्दा न्युनतम बचत एक हजार रुपैयाँ र त्यसपछि एक पटकमा न्युनतम ५ सय रुपैयाँ वा ५ सय रुपैयाँको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलताअनुुसार पटक–पटक गरि जम्मा गर्न सकिनेछ ।
हाल बैंकले मुद्घतिखातामा ९.२५ प्रतिशतमा थप ०.५ प्रतिशत व्याज प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *