Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निगम र एसबिएसबीच बोइङ खरिद विक्री सम्झौता

निगम र एसबिएसबीच बोइङ खरिद विक्री सम्झौता

काठमाडौं, २७ पुस । नेपाल बायुसेवा निगम र पोल्याण्डको एसबिएस एयरक्राफट एण्ड लिजिङ कम्पनीबीच बोइङ जहाज खदिर विक्री सम्झौता भएको छ । निगमले ३२ वर्षे पुरानो बोइङ ७५७ नाइन एसी बी जहाज ५७ लाख १० हजार अमेरिकी डलरमा को बिक्री एसबिएस कम्पनीलाई विक्री गर्ने सम्झौता गरेको हो । सम्झौता अनुसार कम्पनीले आगामी फेब्रुअरीसम्म जहाज लगिसक्नु पर्नेछ ।

निगमले सन् १९८७ मा खरिद गरेको बोइङ जहाज खरिदका लागि ३ वटा कम्पनीले आवेदन दिएका थिए । बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका हुन् । अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका साथै पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि आवेदन दिएका हुन् । तर, लिलामी प्रक्रियाबाट पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले जहाज हात पारेको हो ।

निगमले पहिलो पटक ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो। तर, दुई पटकसम्मको टेन्डरमा कुनै पनि कम्पनीले आवेदन नदिएपछि तेस्रोपटक लिलामी जहाज बिक्रीका लागि सूचना जारी गरिएको थियो। अन्तिमपटक जहाज बिक्रीका लागि ४२ हजार ५० लाख अमेरिक डलर आधार मूल्य ताकेर सूचना भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x