चापागाईको अध्यक्षतामा सञ्चार सहकारीको नयाँ कार्यसमिति चयन

काठमाडौं, २६ पुस । सञ्चार वचत तथा ऋण सहकारी संस्था प्रालिको अध्यक्षमा प्रटीपकुमार चापागाई चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न पाँचौ अधिवेशनले चापागार्ईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल र सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश लम्साल र द्वारिका काफ्ले चयन भएका हुन् ।

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, सीप विकास र क्षमता अधिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको सो सञ्चार सहकारीमा हालसम्म एक सय ९४ सदस्यहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *