नबिल इन्भेष्टमण्टद्वारा संस्थागत परामर्श सेवाबारे प्रशिक्षण

काठमाण्डौ, २७ पुस । नबिल इन्भेष्टमेण्ट बैकिंगले संस्थागत परामर्श सेवाबारे लगानीकर्ता, व्यवसायी तथा सर्वसाधारणलाई जानकारी गराएको छ ।

संस्थागत परामर्श सेवा विज्ञ तथा व्यवसायिक वित्तिय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवा हो । व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्कम क्षमताको अभिवृद्धि गर्ने जस्ता व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न संस्थागत परामर्शदाताको आवश्यकता÷खोजी हुने गरेको पाईन्छ ।

हाल यस कम्पनीले संगठित संस्थाको संरचना हेरफेर, मुल्याङ्कन, व्यवसायिक योजना, भेन्चर क्यापिटल लगायतका सेवा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *