सामाजिक सुरक्षा कोषमा १ लाख ३६ हजार श्रमिक आबद्ध
काठमाडौँं, २७ पुस । सामाजिक सुरक्षा कोष एक लाख ३६ हजार श्रमिक आबद्ध भएका छन् । कोषको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पुस महिनाको २५ गतेसम्ममा उक्त संख्याका श्रमिक कोषमा आबद्ध भएका हुन् । त्यस्तै कोषमा १२ हजार ११ रोजगारदाता कोषमा सूचीकृत भएका छन्। सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा ४१ करोड ९४ लाख १६ हजार रूपैयाँ योगदान रकम संकलन भएको छ।
कोषका अनुसार सबैभन्दा बढी प्रदेश ३ का श्रमिक आबद्ध भएका छन् । उक्त प्रदेशका ९८ हजार १९७ श्रमिक सुरक्षा योजनामा सहभागी भएका छन्। प्रदेश १ बाट २१ हजार ३२१, प्रदेश २ बाट सात हजार ८३२, गण्डकी प्रदेशबाट पाँच हजार १४४, प्रदेश ५ बाट तीन हजार २९०, सुदूरपश्चिमबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक कोषमा सूचीकृत भएका छन्।
त्यस्तै, रोजगारदाताको हकमा पनि प्रदेश नम्बर ३ का सबैभन्दा बढी सुचीकृत भएका छन् । तथ्यांक अनुसार प्रदेश ३ का ८ हजार १९ रोजगारदाता कोषमा सुचीकृत भएका छन् । प्रदेश १ बाट एक हजार ८६०, प्रदेश ५ बाट ८५९, गण्डकी प्रदेशबाट ५५३, प्रदेश २ बाट ४७२, सुदूरपश्चिमबाट १२८ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन्।