राजस्व चुहावट गरेको आरोपमा ४९ करोड ६५ लाख विगो सहित २ जना विरुद्ध मुद्धा

काठमाडौं, २८ पुस । राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले श्रृति ट्रेडर्सका सञ्चालक सहित दुई जना बिरुद्ध मुद्धा दायर गरेको छ । विभागले भन्सार छली पैठारी गरेको आरोपमा उनीहरूविरुद्ध ४९ करोड ६५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले रुपन्देही जिल्ला सम्मरीमाई १ स्थायी घर भएका श्रुति ट्रेडर्सका संचालक आशिष गुप्ता र गुप्तासँग कारोबार गर्ने सन्नी गुप्तालाई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको हो । बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गर्दै विभागले आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ। श्रुति ट्रेडर्सका संचालक गुप्ता र उक्त फर्मका मुख्य कारोबारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरिदको लागत देखाउने विभागले दायर गरेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *