विद्युतको मागलाई व्यवस्थापन गर्न ७ हजार ट्रान्सफर्मर थप्दै प्राधिकरण
काठमाडौँ, २८ पुस । विद्युतको खपत बढेसँगै विद्युत् प्राधिकरणले ७ हजार ट्रान्सफर्मर थप्ने भएको छ । चिसोले उपत्यका लगायतमा विद्युतको माग बढ्न थालेको छ । बढ्दो मागलाई प्रयोगमा रहेका ट्रान्सफर्मरले धान्न नसक्ने भए पनि प्राधिकरणले थप गर्ने भएको हो । प्राधिकरणका अनुसार यो आर्थिक वर्षमा झन्डै ७ हजार ट्रान्सफर्मर स्तरोन्नति गरिनेछ ।
वितरण प्रणालीमा बढी विद्युत् भार पर्दा ट्रान्सफर्मर जल्ने, एमसिबी झर्ने जस्ता समस्या देखिएका छन् । यो समस्या समाधानका लागि प्राधिकरणले वितरण प्रणाली स्तरोन्नुतिको कामलाई तीव्रता दिइरहेको छ । त्यस्तै प्राधिकरणले सबस्टेसनका पावर ट्रान्सफर्मर, वितरण लाइनका ट्रान्सफर्मर तथा लाइनका कन्डक्टरको स्तरोन्नतिसमेत गरिरहेको छ । दुई दिनअघि मात्र ६६र११ केभिएको बालाजु सबस्टेसनमा २२।५ एमभिए क्षमताको ट्रान्सफर्मर थप गरिएको थियो । यसअघि ४५ एमभिए क्षमताका ट्रान्सफर्मर रहेको सबस्टेसनको क्षमता अब ६७।५ एमभिए पुगेको छ । यसले स्युचाटार, बालाजु, टेकुलगायत क्षेत्रका ओभरलोड भएका वितरण लाइनको लोड बाँड्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रणालीमा हाल उच्च माग १ हजार ४ सय मेगावाटभन्दा माथि पुगिसकेको छ । काठमाडौं उपत्यकाको उच्च मागसमेत बढेर ४ सय ५० मेगावाट हाराहारी पुगिसकेको छ । खपत अत्यधिक हुन थालेपछि विद्युत् बारम्बार जाने गरिरहेको छ ।