Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन् २०२० मा ८ लाख पर्यटकले पदयात्रा गर्ने अनुमान, जताततै बाटो पुग्दा पदयात्रा छोटिदै

सन् २०२० मा ८ लाख पर्यटकले पदयात्रा गर्ने अनुमान, जताततै बाटो पुग्दा पदयात्रा छोटिदै

काठमाडौं, २८ पुस । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा ८ लाख पर्यटकहरुलाई पदयात्रा गराउँने लक्ष्य राखेको छ । सन् २०१८ र ०१९ मा करिव साँढे ३ लाख पर्यटकले पदयात्रा गरेका र त्यसलाई बढाएर भ्रमण वर्षमा ८ लाख पु¥याउने लक्ष्य राखिएको टानका महासचिव सरिता लामाले जानकारी दिइन ।

त्यस्तै पछिल्लो समय विकास र पूर्वाधारका रूपमा निर्माण हुने सडक र त्यहाँ गुड्ने सवारीसाधनका कारण पदयात्रा गर्ने पर्यटकको संख्या घट्दै गएको व्यवसायीहरुको गुनासो छ । यस्ता सडकहरुले नेपालका धेरैजसो पदमार्गहरु छोटिदै गएको उनको भनाइ छ । पदमार्गमा मोटर बाटो पुगेपछि पदमार्गहरुको अस्तित्व गुम्नेमा उनीहरुको चिन्ता छ । पर्यटन मन्त्रालय र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा पदमार्गहरु मासिदै गएको महासचिव लामाको भनाइ छ । उनले भनिन्–‘पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरुसँग पर्यटन मन्त्रालयले सहकार्य गरेर अगाडि बढ्न नसक्दा पदयात्रा मासिने जोखिम बढ्दै गएको छ ।’

अब पर्यटकीय पदमार्ग भएका स्थानमा सडक निर्माण गर्दा विशेष ध्यान दिनु पर्ने पर्यटन व्यवसायीहरुको अनुरोध छ । ती पदमार्ग नमासी बैकल्पिक बाटोेको रुपमा राख्न उनीहरुले आग्रह गरेका छन् । अहिलेको लोकप्रिय पदयात्रा अन्नपूर्ण बेसक्याम्प भएको र स्थानीय सरकारसँग मिलेर त्यहाँ बाटो पु¥याउनका लागि पहल भइरहेकोे लामाले बताइन् । पछिल्लो समय पदयात्राहरु छोटिदै जादा नेपालको पर्यटन व्यवसायमा असर पुग्ने उनको भनाइ छ ।

नेपाल घुम्न आउँने पर्यटकहरु प्राकृतिक परिवेशमा जोखिमयुक्त पैदल यात्रा गर्न रुचाउँने गरेको उनले अर्थको अर्थलाई जानकारी दिइन् । यसरी पदयात्रा गर्न इच्छुक विदेशी पर्यटकहरुको रोजाइमा सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प उपल्लो मुस्ताङ, मनाङ, डोल्पा जस्ता क्षेत्रहरु पर्ने गरेको उनी बताउँछिन् । दिनभरी पदयात्रा गर्दै गन्तव्यमा पुग्न दैनिक सयौं अमेरिकी डलर खर्च गर्न पर्यटकहरु तयार हुने गरेका छन् । नेपाल बसाइ र खर्चका हिसावले पदयात्रा मार्फत् नेपाल भ्रमण गर्ने पर्यटकहरु नेपालका लागि बढि फाइदाजनक हुने उनकोे भनाई छ । नेपालमा हालसम्म २० ओटा पदमार्ग रहेका छन् । भिजिट नेपाल २०२० र पर्यटन मन्त्रालयबाट एक सय डेस्टिनेशन खोज्ने प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।केही वर्ष पहिले नेपालले मनाएको ‘पर्यटन वर्ष २०११’ मा नेपाल भित्रिएका पर्यटकमध्ये ७ प्रतिशतले पदयात्रा गरेका थिए । तर, अहिले घटेर कुल नेपाल घुम्न आउँने पर्यटकहरुमध्ये ३.५ प्रतिशतले पदयात्रा गर्ने गरेका छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x