नेपाल इन्भेष्टमेन्ट बैंकको १९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं , २८ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज सम्पन्न २३ औं वार्षिक साधारण सभाले १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश गरि कुल १९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा चार अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

हाल यस बैंकका ८२ शाखा कार्यालय संचालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *