Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नबिल बैंकको बीमा योजनाबाट ८६ बचतकर्ता लाभाविन्त

नबिल बैंकको बीमा योजनाबाट ८६ बचतकर्ता लाभाविन्त

काठमाडौं, २८ पुस । नबिल बैंकले एक वर्षमा ८६ बचतकर्ताहरुलाई बीमा सुविधा दिएको छ । बैंकले गत वर्ष मेटलाईफ इन्स्योरेन्ससंगको सहकार्यमा ३ लाख रुपैया सम्मको घातक रोग बीमा तथा ७५ हजार रुपैयाँको मृत्यु बीमा गरिदिने योजना ल्याएको थियो । एक वर्षमा ८६ बचतकर्तालाई २ करोड १ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी गरिएको बैंकले जनाएको छ।

उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार रुपैयाँ वा बढी राख्ने १६ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिगत बचतखातालाई क्यान्सर, हृदयघात, मृगौला लगायत १३ वटा घातक रोगहरुको उपचारार्थ ३ लाख रुपैयाँसम्मको बीमा सुविधा उलपब्ध गराउदै आएको छ।

१३ वटा मध्य कुनैपनि घातक रोग लागेको निवेदन उपर निदान डाइग्नाोसिस आवश्यक प्रमाण पुरा भएको अवस्थामा ३ लाख रुपैयाको बीमा रकम विना कुनै विल तत्काल भुक्तानी गरिने जनाइएको छ। यसको अतिरिक्त बचतकर्ताको निधन भएमा ७५ हजार रुपैयाँको बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको बैंकले जनाएको छ । यस योजनालाई निरन्तरता दिने बैंकले प्रतिवद्धता जनाएको छ ।

बैंकले देशभर १सय २ शाखा, १ सय ४३ एटिएम मार्फत बैंकिङ सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x