Date

शनि, साउन ३, २०८२
Sat, July 19, 2025

एडिबीका अध्यक्ष मासासुगुले कार्यभार सम्हाले

एडिबीका अध्यक्ष मासासुगुले कार्यभार सम्हाले

काठमाडौं, ३ माघ । एसियाली विकास बैंक (एडिबी) का नयाँ अध्यक्ष मासासुगु आसाकावाले आजबाट आफ्नो कार्यभार सम्हालेका छन्।

पदभार सम्हालेलगत्तै मासासुगुले आफूले एडिबीका ६८ सदस्य राष्ट्रसँग निकटताका साथ समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

आसाकावाले यसअघि जापानको अर्थ मन्त्रालयमा उच्च पदमा रहेर काम गरिसकेका छन्। अन्तर्राष्ट्रिय वित्त उपमन्त्रीका रूपमासमेत काम गरिसकेका उनीसँग विकास नीति, विदेशी विनिमय बजार र अन्तर्राष्ट्रिय कर नीतिका विषयमा लामो व्यावसायिक अनुभव रहेको एडिबीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *