जनता बैंक नेपालका संचालक नारायण प्रसाद घिमिरेले दिए राजिनामा

काठमाडौं, ३ माघ । जनता बैंक नेपालका संचालक नारायण प्रसाद घिमिरेको राजिनामा स्विकृत भएको छ । बैंकको संचालक समितिले घिमिरेको राजिनामा स्विकृत गरेको हो ।

बैंकको गत पौष २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभामा संचालक समितिको सदस्यको चयन गरिएको थियो । उक्त सभाले संचालकहरुमा केशव बहादुर रायमाझी, लंक बहादुर केसी, राज बहादुर भण्डारी, गौतम प्रसाद खनाल, विनित अग्रवाल र संजिव न्यौपानेलाई चयन गरेको थियो । यस्तै सो नवगठित संचालक समितिको अध्यक्षमा केशव रायमाझीलाई नियुक्त गरिएको छ ।

बैंकको उक्त साधारण सभामा शेयरधनीहरुलाई १४.४० प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *