Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सन्राईज होमले ल्यायो केनस्टार ब्राण्डको एयर कुलर

सन्राईज होमले ल्यायो केनस्टार ब्राण्डको एयर कुलर

काठमाडौं, ५ माघ । सन्राईज होम एप्पलाईन्सेसले केनस्टार ब्राण्डको एयर कुलर बजारमा ल्याएको छ । सन्राईजले गत साता काठमाडौंको एक होटलमा यो ब्राण्डको लन्च गरेको हो । करिव १० वर्षदेखि नेपाली बजारमा राइस कुकर, हिटर, फ्यान, आईरन, माईक्रो ओभनलगायतका विद्युतीय सामग्री बिक्री गर्दै आएको उक्त कम्पनीले नेपाली बजारमा नयाँ ब्राण्डको यो एयर कुलर बजारमा ल्याएको हो ।

यो एयर कुलर ठूला–ठूला डिपार्टमेन्ट स्टोर, होटल, पार्टी प्यालेज र रेष्टुरेण्टमा उपयोगी हुने कम्पनीको विश्वास छ । यो कम्पनीको भारतमा ३० प्रतिशत बजार हिस्सा रहेको छ भने नेपालमा करिव ७ प्रतिशत बजार हिस्सा रहेको कम्पनीले जानकारी दिएको छ ।

हाल कम्पनीले नेपालभर २०० भन्दा बढी डिलरबाट घर तथा अफिसका लागि उपयोगी यस्ता विद्युतीय सामग्रहरु विक्री गर्दै आएको छ । कम्पनीले हालै नेपाली बजारमा सार्वजनिक गरेको उक्त एयर कुलर २५ देखि ६० लिटर सम्मको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x