Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

छैठौं महिला उद्यमी सम्मेलन माघ १२ गते हुने

छैठौं महिला उद्यमी सम्मेलन माघ १२ गते हुने

काठमाडौं, ५ माघ । ‘छैठौं महिला उद्यमी सम्मेलन २०२०’ माघ १२ गते हुने भएको छ । काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा लक्ष्मी बैंकको प्रायोजनमा उक्त सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा उद्यमी, श्रमिक महिला, व्यावसायी, विभिन्न क्षेत्रका विषय विज्ञ र विद्यार्थीहरु गरी करिव ३ सयको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । त्यस्तै सम्मेलनलाई महिला उद्यमीहरुको लागि जनसम्र्पक बढाउने एक अवसरका रुपमा लिइएको छ । साथै सम्मेलनमा विभिन्न उत्पादनका स्टलहरु पनि राखिने छ ।

सम्मेलनमा प्रवेशका लागि विद्यार्थी र लक्षित वर्गका महिला उद्यमीलाई निःशुल्क हुने छ भने अन्य सहभागिता जनाउँनेले प्रवेशका लागि शुल्क तिनुपर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x