Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अन्तिम चरणमा आएर बिवादित बन्दै पर्यटन बोर्डको सिईओ चयन प्रक्रिया

अन्तिम चरणमा आएर बिवादित बन्दै पर्यटन बोर्डको सिईओ चयन प्रक्रिया

काठमाडौं, ८ माघ । नेपाल पर्यटन बोर्डको सिईओ छनोट प्रक्रिया बिवादमा परेको छ । गत आइतबार सिईओ नियुक्त गर्ने उद्धेश्यले छनोट समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा नौ जनाबाट तीन जनाको नाम सिफारिस गरेको थियो । तर बोर्ड संचालक समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थागित भएपछि सिईओ नियुक्त हुन सकेको छैन ।

नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेल, पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र बोर्डका सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो । उनीहरुले डा. धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेका छन् । तर निवर्तमान सिईओ दिपकराज जोशी भने यो सूचीमा अटेनन् ।

पर्यटन व्यवसायी सिताराम सापकोटाले आफ्नो फेसबुकमा लेखेका छन्– ‘बोर्डको सिईओ भइसकेको व्यक्ति सिईओको अन्तर्वार्तामा फेल कस्तो अचम्म ।’

उनी मात्र होइन अन्य व्यवसायीहरुले भने जोशी अन्तिम तीनमा नपर्नुले छनोट समितिको वैधानिकता माथि नै प्रश्न गरेका छन् ।

त्यस्तै, सिईओ नियुक्तीमा ढिलाई भएको प्रति छनोट समितिका सदस्य कृष्ण बहादुर महराले पनि असन्तुष्टि व्यक्त गरेका छन् । बोर्ड संचालक समितिका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीको गलत मनसायका कारण नियुक्तीमा ढिलाई भएको आशय उनको छ ।

तर स्रोतका अनुसार प्रधानमन्त्री र पर्यटन मन्त्रीको स्वार्थ बाँझिएपछि नियुक्तीमा ढिलाई भएको बुझिएको छ । सिफारिसमा परेका तीन जना प्रति नै प्रधानमन्त्रीको असन्तृष्टि छ । त्यसलाई सच्याउन निर्देशन दिएको बुझिएको छ। सोही कारण संचालक समिति बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बोर्ड सदस्यले अर्थको अर्थलाई बताए । तर पर्यटन मन्त्री योगेश भट्टराईको मनसाय भने रेग्मीलाई नै नियुक्ती दिनेमा छ ।

जोशीको कार्यकाल पुसमा सकिएपछि अहिले बोर्ड कामुको भरमा चलेको छ। नेपाल भ्रमण वर्ष संचालन भइरहदा पर्यटन प्रवद्र्धनको प्रमुख जिम्मेवार निकाय बोर्डको सिईओ नियुक्तीमा ढिलाई गर्न नहुने व्यवसायीहरुको तर्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x