बुधबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, ८ माघ । स्थानीय बजारमा बुधबार सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर प्रति तोला ७४ हजार आठ सय रुपैयाँका कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार भने सुन तीन सय रुपैयाँले बढेको थियो ।
यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितो आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।