Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेप्से परिसूचक १३१३.४२ विन्दुमा, कारोबार १ अर्ब ५८ करोड माथि

नेप्से परिसूचक १३१३.४२ विन्दुमा, कारोबार १ अर्ब ५८ करोड माथि

काठमाडौं, ८ माघ । साताको चौथो कारोबार दिन बुधवार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो ३.३६ अंकले वृद्धि भएको परिसूचक आज ७.०५ अंकले गिरावट आई १३१३.४२ विन्दुमा रोकिएको छ । तर, नेप्से परिसूचकमा गिरावट आएको भएपनि कारोबार रकममा भने हिजोको तुलनामा ७ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो एक अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज एक अर्ब ५८ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । १ सय ७८ कम्पनीको ४९ लाख १४ हजार ४ सय ३७ कित्ता सेयर खरिद विक्री भएको छ ।

ग्लोबल आईएमईको ६१ करोडभन्दा बढी सेयर कारोबार
ग्लोबल आईएमई बैंकको आज सर्वाधिक कारोबार भएको छ । यो बैंकको ६१ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । आजको कुल कारोबारमा ४० प्रतिशत सेयर कारोबारको हिस्सा ग्लोबल आईएमईको छ । यो बैंकको आजको अन्तिम प्रतिकित्ता सेयर मूल्य ३ सय ५ रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल बैंकको ९ कारोड रुपैयाँभन्दा बढीको र सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ३ वटा जीवन बीमा कम्पनीको ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । एशियान लाईफ इन्स्योरेन्स कम्पनी, नेपला लाईफ इन्स्योरेन्स कम्पनी र प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको ५ करोडभन्दा बढीको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये जीवन बीमा समूहबाहेक सबैको परिसूचकमा गिरावट आएको छ । जीवन बीमा समूहको २.३२ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो । आज सर्वाधिक परिसूचक गिरावट आउँनेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको १.५३ प्रतिशतले परिसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x