Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उखु किसानको बक्यौता भुक्तानी नगर्ने उद्योग कारोबार रोक्का

उखु किसानको बक्यौता भुक्तानी नगर्ने उद्योग कारोबार रोक्का

काठमाडौं, ९ माघ । सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगको कारोबार रोक्का गर्ने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने उद्योगको बैक खाता रोक्ने पत्राचार गरेको छ ।

ठूलो परिमाणमा बाँकी रहेको किसानको भुक्तानी नगर्ने अन्नपूर्ण चिनी उद्योगको खाता रोक्का गर्ने मन्त्रालयले निर्णय गरेको छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले माघ ७ को भाका कट्दासम्म ३ करोड ९० लाख रुपैयाँ मात्र किसानलाई दिएको छ । अझै ३९ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले उद्योगको खाता रोक्न सम्बन्धित निकायमा पत्राचार गर्ने जनाएको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।

त्यस्तै नवलपरासीको इन्दिरा सुगर मिलको खाता पनि रोक्का गर्ने भएको छ । सो मिलको किसानलाइ दिन बाँकी रकम ८ करोड २० लाख छ । मिल सञ्चालक अहिले सम्पर्क बिहिन छ । मन्त्रालयकाअनुसार महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाद र बाबा बैजुनाथ चिनी मिलले पनि किसानको रकम दिन बाँकी छ । नवलपरासी स्थित लुम्बिनी चिनी उद्योगको १० करोड ७४ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x