४ कार्यकारी निर्देशक सेवा निवृत्त
काठमाडौं, ९ माघ । पछिल्लो एक महिनामा नेपाल राष्ट्र बैंकका ४ जना कार्यकारी निर्देशकहरुले अवकाश पाएका छन् । महेश्वरलाल श्रेष्ठ र लक्ष्मी प्रपन्न निरौलाले ३० बर्षे सेवा अवधिको कारण माघ ७ बाट अनिवार्यअवकाश पाएका हुन् । यी दुवैले २०४६ माघ ७ गतेबाट राष्ट्र बैंकको जागिर सुरु गरे थिए ।
यस्तै गत पुष २१ गतेबाट कार्यकारी निर्देशकहरु सुनिल उदाश र सरित भट्ट अधिकारीले पनि अवकाश पाईसकेका छन् ।
यस सँगै राष्ट्र बैंकमा ४ जना कार्यकारी निर्देशकको पद खालि भएको छ । राष्ट्र बैंकमा बरियताको आधारमा बढुवा हुने भएकोले निर्देशको बरियताक्रममा माथि रहेका ४ जना नै कार्यकारि निर्देशक बन्नेछन । जसमध्ये गभर्नर डा. चिरञ्जीवी नेपालले २ जना निर्देशकलाई निमित्त कार्यकारी निर्देशको जिम्वेवारी प्रदान गरिसकेका छन् भने आजबाट रिक्त हुन लागेको दुई कार्यकारी निर्देशकमा अबको केही दिनमा नै नयाँ कार्यकारि निर्देशक नियुक्त हुनेछन् ।
निमित्त कार्यकारी निर्देकमा बढुवा भएको निर्देशकहरुमा रेवति प्रसाद नेपाल र रामु पौडेल रहेका छन भने बढुवा हुने क्रममा रहेकामा विश्रुुत थापा र राम बहादुर मानन्धर रहेका छन् । कानुन महाशाखा प्रमुख रहेका रेवति नेपालले भुक्तानी ब्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने वित्तीय जानकारी इकाईमा रहेका रामु पौडेलले फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् । यता भुक्तानी ब्यवस्थापन विभागमा रहेका बम बहादुर मिश्र भने विदेशी विनिमय ब्यवस्थापन विभागमा सरुवा भइसकेका छन् ।
राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिका कारण अधिकांश उमेर हदभन्दा चाँडै सेवा निवृत्त हुने गरेका छन् । १८ वर्षमा राष्ट्र बैंकमा जागिर सुरु गर्नेले ४८ वर्षमै उमेर हदका कारण अवकाश पाउँछ । राष्ट्र बैंकमा पनि नेपाल सरकारका कर्मचारी झैं उमेर हदको अनिवार्य अवकाशलाई कार्यान्वयन गर्ने गरी लोकसेवा आयोगले सबै कर्मचारीका लागि लागू हुने कानुन मस्यौदा गरी संसद्मा पठाएको छ ।