Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निगमको नारिता उडान फागुन १९ देखि

निगमको नारिता उडान फागुन १९ देखि

काठमाडौं, ९ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि जापानको राजधानी टोकियो नजिकै रहेको नारिता विमानस्थलमा उडान गर्ने भएको छ । यसका लागि निगमले टिकेट बुकिङ खुला गरिसकेको छ । निगमले गत भदौ १२ गतेदेखि गर्दै आएको ओसाका उडान बन्द गरेर नारिता उडान गर्ने निर्णय गरेको हो। ओसाका उडान औसतमा ५० प्रतिशत अकुपेन्सी रहेको भए पनि यो गन्तव्यमा निगम घाटामा चलिरहेको छ । जापान प्रवेशद्वार भएकाले नारिता विमानस्थलको उडानमा यात्रु चाप बढ्ने निगमको विश्वास छ ।
नारितामा निगमले सातामा तीन वटा उडान गर्ने भएको छ। यो गन्तव्यमा निगमले साताको सोमबार बुधबार र शुक्रबार उडान गर्ने गरी उडान तालिका सार्वजनिक भएको छ । निगमले काठमाडौंबाट नारिता सिधा उडान एकतर्फ ४० हजार र दुईतर्फी ८० हजार रुपैयाँ तय गरेको छ । निगमको जहाज रातको एक बजे काठमाडौंबाट उड्नेछ । करिब १५ घण्टाको नारिता उडान ओसाकाभन्दा आघा घण्टा मात्रै लामो हुने पनि उल्लेख छ।
नारिता विमानस्थल टोकियो सहरबाट ६० किलोमिटर दुरीमा छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x