पर्यटन बोर्डको सिईओ छनौट प्रक्रिया स्थगित

काठमाडौँ, ९ माघ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौटको प्रक्रिया रोकिएको छ । छनौट समितिले ५ जनाको नाम सिफारिश गर्नुपर्ने भन्दै पर्यटन मन्त्रालयले छनौट प्रक्रिया स्थगित गरेको हो । छनौट समितिले अन्तिम तीन जनाको नाम सिफारिश गरेको थियो ।

बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको समय अवधि सकिएपछि मन्त्रालयले नयाँ कार्यकारी छनौटका गरी छनौट उप समितिले गठन गरेको थियो । बोर्डकै सञ्चालकहरुको कार्तिक १५ मा बसेको बैठकले उप समिति गठन गरेको थियो । समितिले गत मंसिर १८ गते १५ को दिनको सुचना जारी गरी आवेदन माग गरेको थियो । सुरुमा १७ जनाको आवेदन परेको थियो । जसमध्ये उप समितिले ९ जनालाई सर्टलिस्टमा राखेको थियो । छनौटमा परेकासँग समितिल योजना सहितको अन्र्तवाता लिएको थियो । जसका आधारमा समितिले धनन्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारिश गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *