Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेयर बजार १३०० को विन्दुमा उक्लियो

सेयर बजार १३०० को विन्दुमा उक्लियो

काठमाडौं, १३ माघ । सोमबार (आज) सेयर बजार २३.९५ अंकले बढ्यो । केही दिन ओरालो लागेको बजार आज पुनः बढेर १३०० को विन्दुमा चढेको हो ।

यसअघि १३५० को हाराहारीमा पुगेको नेप्से घटेर १२७६ को विन्दुमा झरेको थियो ।

कारोबारमा आएका १२ समूहको परिसूचक मध्ये सबै समूहको परिसूचक बढ्दा समग्रमा बजार बढेको हो ।

कारोबार भने १ सय ८० कम्पनीको ९१ करोड ७३ लाख ५९ हजार रुपैयाँ बढीको भएको छ । खरिद बिक्रीमा भने नेपाल लाईफ इन्स्योरेन्सले अग्रता कायम गरेको छ । इन्स्योरेन्सको ८ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। समिट लघुवित्तका सेयरधनीले भने सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले बढेको छ । तर सबैभन्दा धेरे गुमाउनेमा भने जोशी हाइड्रोपावरका लगानीकर्ताका छन् । यसको सेयर मूल्यमा ३.०७ प्रतिशतले ह्रास आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x