उकालो लाग्दै सुनको मूल्य, आज ५ सय बढ्यो

काठमाडौं, १३ माघ । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन भने ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो केही दिन सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । गएको बुधबार ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइको सुन बिहीबार बढेर ७५ हजार पुगेको थियो । त्यस्तै शुक्रबार पनि तोलाको २ सयका दरले बढेर ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पुन ३ सय रुपैयाँले मूल्य बढेर ७५ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *