यूनाइटेड फाईनान्सको नाफामा सुधार हुँदै
काठमाडौं, १३ माघ । यूनाइटेड फाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३.४२ प्रतिशतले खुद नाफा बढाएको छ । फाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ४ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमासको तुलनामा यो नाफा रकम ७८ लाख रुपैयाँले बढी हो ।
६ महिनाको अवधिमा वितरण योग्य मुनाफा भने २ करोड १९ लाख रुपैयाँ छ । जसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा तथा नेटवर्थ १ सय ४३ रुपैयाँ कायम भएको छ ।
फाईनान्सले पुस मसान्तसम्म ६ अर्ब ८१ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट ८ करोड ७३ लाख खुद ब्याज आम्दानी गरेको छ । भारतको मुत्तूट फाईनान्सलाई रणनीतिक साझेदारको रुपमा भित्र्याएपछि फाईनान्सको प्रगतिमा निरन्तर सुधार हुँदै गएको जनाइएको छ।