Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

लुम्बिनी जनरल इन्स्योरेन्सले १०.२३७५ प्रतिशत लाभांश दिने

काठमाडौं, १३ माघ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.२३७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

इन्स्योरेन्सको आइतबार सम्पन्न २ सय २ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ८८ करोड रुपैयाँको ९.७५ प्रतिशतल बोनस र कर प्रयोजनका लागि ०.४८७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपश्चात आगामी साधारण सभामा पेश गरिने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको छ । बोनसपछि चुक्ता पूँजी ९६ करोड ५८ लाख रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सले ८८ करोड पूँजीको २० प्रतिशत अर्थात १७ करोड ६० लाख रुपैयाँ हकप्रद जारी गरी बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ। बोनस र हकप्रद पश्चात इन्स्योरेन्सको पूँजी एक अर्ब १४ करोड ४८ लाख पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x