Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मिसन ८ अर्ब, कति वाणिज्य बैंकहरुले पुर्याए

मिसन ८ अर्ब, कति वाणिज्य बैंकहरुले पुर्याए

पूर्ण प्रसाद चौलागाई २०७५ वैशाख ३ काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वर्ष अघि मौद्रिक नितीमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन पर्ने निर्देशन दिएको थियो । तत्कालिन अवस्थामा वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान रहेको थियो । तर राष्ट्र बैंकले ४ गुणाले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन जारी गरेको थियो । यसरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने निर्देशन जारी भएपछि वाणिज्य बैंकहरुसंग मर्जर, बोनस शेयर, हकप्रद शेयर र थप नयाँ शेयर जारीको विकल्पहरु थिए । सोहि अनुरुप नै वाणिज्य बैंकहरुले विकल्पहरुको प्रयोग गरेको पाइयो ।

अहिले मुलुकमा २८ वाणिज्य बैंकहरु संचालनमा रहेका छन् । जसमध्ये ३ वाणिज्य बैंकहरुको सरकारको स्वामित्व रहेको छ भने बाँकीका २५ वाणिज्य बैंकहरु निजी क्षेत्रबाट संचालन हुँदै आएका छन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा कुन वाणिज्य बैंकको पुग्यो ८ अर्ब रुपैयाँ चुक्ता पुँजी

राष्ट्रिय वाणिज्य बैंकः राष्ट्रिय वाणिज्य बैंक पुर्णरुपमा सरकारको स्वामित्वमा संचालनमा रहेको वाणिज्य बैंक हो । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले साधारण शेयर निष्कासन गरेको छ्रैन ।

नेपाल बैंकः नेपाल बैंक लिमिटेडमा सरकार र सर्वसाधारण शेयरलगानीकर्ताहरुको स्वामित्व रहेको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकः निजी क्षेत्रबाट संचालनमा आएको नेपाल इन्भेष्टमेन्ट बैंकले ८ अर्ब पुर्याउने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनका लागि एफपिओ, बोनस शेयर, मर्जरको विकल्प अपनाएको छ । बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

एनआईसि एसियाः एनआईसि एसिया बैंकले बोनस शेयर जारी मार्फत तोकिएको चुक्ता पुँजी पुर्याएको छ । बैंकले दिएको २० प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

नबिल बैंकः नविल बैंकले बोनस शेयरमार्फत नै ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याएको छ । बैंकको पछिल्लो साधारण सभाले पारित गरेको ३० प्रतिशत बोनस शेयर दिए पछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ पुग्दैछ ।

नेपाल बंंगलादेश बैंकः नेपाल बंगलादेश बैंकले हकप्रद र बोनस शेयरको माध्यमबाट ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको हो । बैंकको साधारण सभामा पारित भएको १२ प्रतिशतको बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

सिटिजन्स इन्टनेश्नलः सिटिजन्स बैंकले हकप्रद र बोनस शेयरबाट तोकिएको चुक्ता पुँजी पुर्याएको हो । बैंकको साधारण सभाले पारित गरेको १६ प्रतिशतको बोनस शेयर पश्चात चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

सानिमा बैंकः सानिमा बैंकले हकप्रद र बोनस शेयरबाट तोकिएको चुक्ता पुँजी पुर्याएको हो । बैंकले पारित गरेको १६ प्रतिशत बोनस शेयर पछि बैंकको चूक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमईः ग्लोबल आइएमईले पारित गरेको १० प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकले मर्जर, बानेस शेयरबाट ८ अर्बको चुक्ता पुँजी पुर्र्याएको हो ।

लक्ष्मी बैंकः लक्ष्मी बैंकको चुक्ता पुँजी बोनस शेयरबाट ८ अर्ब रुपैयाँ पुगेको छ । बैंकले १० प्रतिशतको बोनस शेयर पारित गरेको छ । जुन पुँजीकरण भएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २१ करोड रुपैयाँ पुग्ने छ ।

माछापुच्छे्र बैंकः माछापुच्छे्र बैंकले पारित गरेको ९ प्रतिशतको बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ ।
एभरेष्ट बैंकः एभेष्ट बैंकले चुक्ता पुँजी वृद्धि गर्न ३३ प्रतिशत बोनस शेयर दिएको छ । उक्त बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

प्राइम कमर्सियलः प्राइम कमर्सियलले बानेस शेयर जारी गरेर चुक्ता पुँजी ८ अर्ब पुर्याएको छ । बैंकको हालै सम्पन्न वार्षिक साधारण सभामा शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल एसबिआइः नेपाल एसविआइ बैंकले हालै सम्पन्न वार्षिक साधारण सभामा १५.४२ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ ।

हिमालयन बैंकः हिमालयन बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

जनता बैंकः जनता बैंकले १४.४ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । यस्तै बैंकले मर्जरमार्फत पनि चुक्ता पुँजी वृद्धि गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्डः स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा एफपिओ जारी गरेको थियो । यो आर्थिक वर्षमा उसले एक सय प्रतिशत बोनस शेयर दिएर ८ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ ।

सनराइज बैंकः सनराइज बैंकले मर्जरमार्फत चुक्ता पुँजी वृद्धि गरेको हो । यस्तै बैंकले यो वर्ष बोनस शेयरमार्फत ८ अर्ब १४ करोड रुपैयाँको चुक्ता पुँजी पुर्याएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा १८ वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । बाँकी रहेका १० वाणिज्य बैंकहरुले कसरस् पुर्याउँदै छन्, हेर्नुहोस्

कृषि विकास बैंकः कृषि विकास बैंकमा सरकार र सर्वसाधारण शेयर लगानीकर्ताहरुको शेयर स्वामित्व रहेको छ । बैंकको हाल चुक्ता पुँजी ७.०८ अर्ब रुपैयाँ रहेको छ । यस बैंकले चालु आर्थिक वर्ष भित्र ८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनका लागि २० प्रतिशत बोनस शेयर दिने सम्भावना रहेको छ ।

सेञ्चुरी बैंकः सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट र सेती फाइनान्सलाई प्राप्ती गरि ७ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकले आगामी साधारण सभाबाट बोनस जारी गरि तोकिएको चुक्ता पुँजी पुर्याउने छ । बैंकलाई ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउन ३२ करोड रुपैयाँ आवश्यक रहेको छ ।

कुमारी बैंकः कुमारी बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । बैंकले चुक्ता पुँजी वृद्धिका लागि २० प्रतिशत हकप्रद जारीको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । हकप्रद पछि बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ बाट ७ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ ।

बैंक अफ काठमान्डुः बैंक अफ काठमान्डुले लुम्बिनी बैंकसंग मर्ज गरेको थियो । मर्जरसंगै बैंकले ललामीमा बिक्री गर्ने भनिएको संस्थापक शेयर पछि बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड रुपैया पुग्ने छ । बैंकले बोनस शेयरमार्फत ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउने छ ।

सिद्धार्थ बैंकः सिद्धार्थ बैंकले १० बराबर १ कित्ता हकप्रद शेयर जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । हकप्रद जारी पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्छ । यस्तै बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउनका लागि बोनस शेयर दिने जनाएको छ ।

मेगा बैंकः मेगा बैंकले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले निष्कासन गरेको हकप्रद शेयर पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने छ । बैंकले चुक्ता पुँजी वृद्धिका लागि टुरिजम बैंकसंग मर्जरमा जाने भएको छ । यस्तै बैंकले ९.४५ प्रतिशत बोनस शेयर समेत दिने बताएको छ ।

सिभिल बैंकः सिभिल बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गरि चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुर्याउने भएको छ । सिभिलको हकप्रद अहिले बिक्री खुल्ला गरिएको छ । बैंकलाई आवश्यक रहेको ७५ करोड रुपैयाँका लागि १० प्रतिशत बोनस शेयर जारी गर्न आवश्यक रहेको छ ।

प्रभु बैंकः प्रभु बैंकले ४० प्रतिशत हकप्रद शेयर जारी गरे पछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । बैंकले मर्जरमार्फत पनि चुक्ता पुँजी वृद्धि गरेको हो ।

एनएमबि बैंकः मर्जरबाट चुक्ता पुँजी वृद्धि गरेको एनएमबि बैंकले एफपिओ जारी गरि चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ पुर्याउने भएको छ । बैंक एफपिओको लागि धितोपत्र बोर्डको स्विकृतिको पर्खाईमा रहेको छ ।

एनसिसि बैंकः एनसिसि बैंकले चुक्ता पुँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद पछि बैंकको चुक्तापुँजी ४ अर्ब ६७ करोड रुपैयाँबाट ७ अर्ब १ करोड रुपैयाँ पुग्ने भएको छ । बैंकले चुक्ता पुँजी वृद्धिका लागि मर्जर प्रक्रियामा गएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x