Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रदेशसभा सदस्यले पाए निर्वाचित प्रमाणपत्र

प्रदेशसभा सदस्यले पाए निर्वाचित प्रमाणपत्र

काठमाडौं, ५ माघ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरेको छ । आयोग कार्यालयमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो। समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका हुन्। निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ। प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भई जनप्रतिनिधिको चयन भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x