Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बेलायत र ईयुबीचको आधा शताब्दी लामो सम्बन्धको अन्त्य

बेलायत र ईयुबीचको आधा शताब्दी लामो सम्बन्धको अन्त्य

काठमाडौं, १८ माघ । बेलायत आधिकारिक रूपमा युरोपेली संघ (ईयू) बाट अलग्गिएको छ। योसँगै ईयू र बेलायतबीचको आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ।

बेलायतमा मतदाताले साढे तीन वर्षअघि ईयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।

सन् २०१६ को जुन २३ तारिखमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए। त्यसपछि ब्रिटेन ईयूबाट बाहिरिने प्रक्रिया सुरु भएको थियो।

जनमतसङ्ग्रहलगत्तै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडेका थिए। त्यसपछि प्रधानमन्त्री बनेकी टरिजा मेको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु र लागु गर्नु थियो। तर ब्रक्जिटका विभिन्न सर्तहरूबारे सांसद्‍को समर्थन हाँसिल गर्न नसकेपछि उनले राजीनामा दिइन् । त्यसपश्चात प्रधानमन्त्री बनेका बोरिस जोनसनसमक्ष उक्त दायित्व आइपुग्यो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x