रेमिट्यान्सले कुनै पनि देश समृद्ध भएको छैन्, शिक्षितवर्ग स्वदेशमै बस्ने वातावरण बनाउँछौं : शिक्षामन्त्री पोखरेल

काठमाडौं, १८ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षित वर्गलाई स्वदेशमै रोक्न नीतिगत व्यवस्था भईरहेको बताएका छन् । रेमिट्यान्सले मात्र कुनै देश समृद्ध नहुने भन्दै मन्त्री पोखरेलले अबको नीति शिक्षित युवालाई पलायन हुनबाट रोक्ने किसिमको हुने बताए ।

शुक्रबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारको अबको नीति दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए । सरकारले अबको १० वर्ष भित्र कोही पनि अशिक्षित नहुँने नीति लिएको उनले जानकारी दिए । अहिले शिक्षित युवाहरुको संख्या करिव १० प्रतिशत मात्र भएको र त्यसमा पनि विदेशिनेको संख्या बढ्दै गएको भन्दै मन्त्री पोखरेरले अब त्यो हुन नदिन सरकारले आफ्नो पक्षबाट काम सुरु गरेको बताए । पढाई र कामको तालमेल हुने किसिमको शिक्षालाई सरकारले प्राथमिकतामा राखेको मन्त्री पोखरेलको भनाई छ ।

त्यस्तै रेमिट्यान्सको भरमा कुनै पनि देश समृद्ध नभएको भन्दै उनले अबको रणनीति दक्ष जनशक्ति उत्पादन गरी उत्पादनशील क्षेत्रमा लगाउँन आवश्यक रहेको बताए । देश बदल्न शिक्षित युवाको महत्वपूर्ण भूमिका हुने मन्त्री पोखरेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *