चीनको तिव्वत चेम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार मास्क प्रदान

काठमाडौं, १९ माघ । नेपाल चीन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिले चिनको तिव्वत चेम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार थान मास्क प्रदान गरेको छ । नेपालसँग सिमा जोडिएको चीनको तिव्वत प्रान्तमा भाइरस फैलिसक्ने र त्यसले नेपालमासमेत असर गर्नसक्ने सम्भावना रहेकाले सुरक्षाका लागि शनिबार उक्त मास्क प्रदान गरेको प्रेस विज्ञप्तिमार्फत इन्डस्ट्रिले जनाएको छ ।

उक्त बोर्डर ट्रेडसँग इन्डष्ट्रिले २०१४ देखि विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *