Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक २१.२६ अंकले बढ्दा २ अर्बभन्दा बढीको सेयर कारोबार

नेप्से परिसूचक २१.२६ अंकले बढ्दा २ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौं, १९ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचकमा वृद्धि भएसँगै सेयर कारोबारमा पनि वृृद्धि भएको छ । आज २ अर्ब ७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार १ अर्ब ९६ करोेड रुपैयाँको सेयर कारोबार भएको थियो । बिहीबारको तुलनामा आज कारोबार रकममा ११ करोड रुपैयाँ वृद्धि भएको हो ।

नेप्से परिसूचमा २१.२६ अंकले वृद्धि हुँदा बजार १३४६.६४ विन्दुमा रोकिएको छ । १ सय ७५ कम्पनीको ५३ लाख ४६ हजार ४ सय ८ कित्ता सेयर खरिद–विक्री भएको छ ।
सबैभन्दा बढी सेयर कारोबार सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको १० करोड ११ लाख रुपैयाँभन्दा बढी सेयर कारोबार भएको छ । त्यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ९ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज एनआईसी एशिया बैंक, प्रभु बैंक, हिमालयन डिस्टिलरी र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ६ कारोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये १० समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी दुई समूहको परिसूचकमा कमी आएको छ । परिसूचक कमी आउँनेमा उद्योग समूह ०.०८ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतिशत रहेका छन् । आज सर्वाधिक परिसूचक वृद्धि हुनेमा बैंकिङ समूह रहेको छ । उक्त समूहको २.३५ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x