Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको ७ लाख बीमा

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको ७ लाख बीमा

काठमाडौं १९ माघ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुने श्रमिकको १ सय दिनको ७ लाख रुपयाँ बराबरको बीमा गरेको छ । बीमा योजना माघ १ गते सुरु भई २०७७ असारसम्म लागू हुने भएको छ ।

बीमा योजना अनुसार बीमा गरिएका श्रमिक रोजगारीमा खटिएको अवस्थामा मृत्यू भएमा कम्पनीले ७ लाख रुपैयाँ भुक्तानी गर्नेछ । त्यस्तै, दुर्घटना भै उपचार गराउँनु परेमा अधिकत्तम १ लाख रुपैयाँ औषधीउपचार खर्च बापतको रकम कम्पनीले भुक्तानी गर्नेछ ।

सरकारले सबै स्थानीय तहको रोजगार सेवा केन्द्रमा बेरोजगारको सुचीमा सुचीकृत भएका कामदारमध्ये रोजगारीको अवसर पाएका श्रमिकको बीमा गराएको हो । बीमाले श्रमिकको रोजगारीमा खटिएको दिन देखि १ सय दिनसम्मको जोखिम रक्षावरण गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x