Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

खाडी मुलुकको खस्किदो अर्थतन्त्रले नेपाल भित्रने रेमिट्यान्स प्रभावित हुन सक्ने

खाडी मुलुकको खस्किदो अर्थतन्त्रले नेपाल भित्रने रेमिट्यान्स प्रभावित हुन सक्ने

काठमाडौं १९ माघ । नेपालमा भित्रने रेमिट्यान्सले गरिबि घटाउँदै लगे पनि भविष्यमा रेमिट्यान्स आप्रवाहमा भने चुनौति हुने देखिएको छ । खाडी मुलुकहरुको कच्चा पेट्रोलियमको मूल्यमा आएको गिरावटले भविष्यमा नेपाल भित्रने रेमिट्यान्स पनि प्रभावित हुने नेपाल राष्ट्र बैकको अध्ययनले देखाएको छ ।

सन् २०११ देखि नेपाली कामदारको प्रमुख गन्तब्य मानिएको कतार, साउदी अरेयिबा, यूएई र कुवेतको आर्थिक बृद्धिदरमा कमी आएको छ । यि मुलुकहरुको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले आर्थिक बृद्धिदरमा समेत कमी आएको हो ।
सन् २०११ मा कतारको आर्थिक बृद्धिदर १३.४ प्रतिशत रहेकोमा सन् २०१८ मा १.५ प्रतिशतमा खुम्चिएको छ । सन् २०११ मा साउदी अरेबियाको आर्थिक बृद्धिर १० प्रतिशत थियो भने सन् २०१८ मा आईपुग्दा २.४ प्रतिशतमा सीमित भएको छ । सन् २०११ मा युएईको आर्थिक बृद्धिदर ६.९ प्रतिशत रहेकोमा सन् २०१८ मा १.७ प्रतिशतमा झरेको छ । सन् २०११ मा कुवेतको आर्थिक बृद्धिदर ९.६ रहेकोमा सन् २०१८ मा १.२ प्रतिशतमा झरेको छ । सन् २०११ मा कतारमा कच्चा पदार्थको प्रति ब्यारेल ११०.९४ डलर थियो भने सन् २०१८ मा प्रति ब्यारेल ७१.०७ डलरमा सीमित भएको छ ।

रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव
रेमिट्यान्स आप्रवाहले नेपालको गरिबी हटाउँनमा सहयोग गरेको नेपाल राष्ट्र बैकको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार आव २०६०÷६१ मा नेपालमा ३०.९ प्रतिशत जनसंख्या गरिबिको रेखामुनि थिए । बालमृत्यूदर ६४.६ प्रतिशत थियो भने साक्षरता ५१ प्रतिशत थियो । सो अवधिमा नेपालमा रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको संख्या ३१.५ प्रतिशत थिए । उक्त अवधिमा ५८ अर्ब ६ करोड रेमिट्यान्स भित्रिएको थियो । आव २०६७÷६८ मा नेपालमा रेमिट्यान्स भित्राउँने घरपरिवारको संख्या बढेर ५५.८ प्रतिशत पुगेको छ भने २ खर्ब ५३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो सँगै गरिबिको रेखामुनी रहेका जनसंख्या घटेर २५ प्रतिशतमा सीमित भएको थियो । बालमृत्यूदर घटेर ४४ प्रतिशतमा खुम्चिएको छ भने साक्षरतादर बढेर ६५.९ प्रतिशत पुगेको छ ।
आव २०७४÷७५ मा नेपालमा ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिएको छ । योसँगै गरिबिको रेखामुनि रहेको जनसंख्या १८ प्रतिशतमा खुम्चिएको छ । बालमृत्यूदर ३२ प्रतिशतमा झरेको छ भने साक्षरता दर ७८ प्रतिशत पुगेको छ ।

नेपालमा भित्रने रेमिट्यान्सको अधिक हिस्सा उपभोग्य बस्तुमा खर्च भएको तथ्यांक देखाउँछ । तर, यसले स्वास्थ्य, शिक्षा लगायत घर परिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको नेपाल राष्ट्र बैकको तथ्यांकले देखाएको छ ।

केन्द्रीय बैकको तथ्यांक अनुसार आव २०७५÷७६ मा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आवको चार महिनाको अवधिमा भने ३ अर्ब ४ अर्ब रुपैयाँ भित्रिएको छ । त्यस्तै, गत आव २ लाख ४३ हजार ८६८ कामदार पहिलो पटक श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x