Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ग्यासमा २५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेल १ रुपैयाँ सस्तो

ग्यासमा २५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेल १ रुपैयाँ सस्तो

काठमाडौं, २१ माघ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले एलपीजीमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य वृद्धि गरी प्रतिसिलिण्डर १,३७५ रुपैयाँ पु¥याएको छ ।
त्यस्तै, निगमले पेट्रोल, डिजेल र मटितेलमा भने प्रतिलिटर १–१ रुपैयाँ मूल्य घटाएको जनाएको छ । अब नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मटितेल ९९ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलमा समान मूल्य कायम हुन्छ ।
निगमले भारतीय आयल कर्पोरेशन (आइओसी) मार्फत् अंग्रेजी क्यालेण्डरको हरेक महिना १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारको नयाँ मूल्य प्राप्त गर्छ । सोही आधारमा आइओसीले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निगमले खरिद गर्ने पेट्रोलियमको मूल्य निर्धारण गर्छ । निगमले पनि स्वचालित मूल्य प्रणाली लागू गरी अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै मूल्य समायोजनको नीति लिएको छ ।
निगमले खाना पकाउने ग्यासमा व्यहोर्दै आएको घाटा कम गर्न मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा सहुलियत मूल्य कायम नगर्ने सरकारको नीति छ । सरकारले ग्यासको सट्टा विद्युतीय चुल्होमा अनुदान दिने नीति अघि सारेपछि निगमले ग्यासको मूल्य बढाएको हो ।
विद्युत् उत्पादनमा वृद्धि भएसँगै सरकारले इण्डक्सन हिटर (विद्युतीय चुल्हो) मा सहुलियत दिने नीति ल्याउन लागेको उर्जामन्त्री वर्षमान पुनले बताएका छन् । ग्यासको सहुलियत कटौती गरी विद्युतीय चुल्हो प्रयोगका लागि सहुलियत दिने र आम मानिसहरुलाई विद्युत्को उपयोग गर्न प्रोत्साहन गर्ने सरकारको नीति छ । यसले विद्युत्को खपत वृद्धि हुने र ग्यास आयात कम भइ व्यापारघाटा न्यूनीकरणमा सहयोग पुग्ने सरकारले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x