Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

फागुनपछि नयाँ ठेक्का लगाउन नपाइने

फागुनपछि नयाँ ठेक्का लगाउन नपाइने

काठमाडौं, १ फागुन । सरकारले दोस्रो चौमासिक अर्थात् फागुन मसान्तपछि ठेक्का लगाउन नपाउने व्यवस्था गरेको छ । बजेटको मध्यावधि समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा सुधारका लागि स्वीकृत कार्यक्रम र खरिद योजना अनुसार फागुन मसान्तभित्रै सबै प्रक्रिया पूरा गरी ठेक्का सम्झौता हुनुपर्ने बताए । फागुन मसान्तसम्म ठेक्का लगाउन नसक्नेले बजेट सरेण्डर गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।
अर्थ मन्त्रालयले स्रोत परिचालनको प्रगतिको आधारमा दोस्रो प्राथमिकताका कम महत्वका आयोजना र कार्यक्रम, फागुन मसान्तसम्म शुरु नै नभएका आयोजना, वैदेशिक सहायताको सम्झौता नभएका आयोजना, साह्रै कम प्रगति भएका आयोजना र कार्यक्रममा तेश्रो चौमासिकको बजेट रोक्का र कटौती गर्ने भएको छ । त्यस्तै अन्तिम चौमासिकमा अत्यावश्यक सभा, गोष्ठी, सेमिनार, भ्रमण, अध्ययन, अवलोकन, तालीमजस्ता कार्यक्रमहरु अन्तिम चौमासिकमा सञ्चालन गर्न नपाइने गरी रोक लगाउने भएको छ । दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म पनि सम्झौता गरी निकासा नएिको अनुदान तेश्रो चौमासिकमा नदिने गरी सरकारले स्रोत व्यवस्थापन गर्ने भएको छ ।
सोधभर्ना लिन बाँकी रकम यथाशीघ्र सोधभर्ना लिन महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित मन्त्रालयले पहल गर्न अर्थले आग्रह गरेको छ । सोझै भुक्तानी हुने र वस्तुगत सहायताको विवरण नियमित रुपमा रिपोर्टीङ हुने व्यवस्था मिलाइने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x