जिल्ला अदालत ललितपुरमा एनआईसी एशियाको बैंकिङ सेवा विस्तार

काठमाडौं, १ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले ललितपुर जिल्ला अदालत परिसरमा १०९ औं बैंकिङ सेवाको विस्तार गरेको छ । उक्त सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका हुन् ।

हाल बैंकले ३ सय १३ शाखा कार्यालय, ४ सय ४२ एटीएम, १ सय ९ वटा एक्स्टेन्सन काउण्टर र ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *