Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

महालक्ष्मीद्वारा कर्मचारीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

महालक्ष्मीद्वारा कर्मचारीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

काठमाडौं, ३ फागुन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । महालक्ष्मीले शुक्रबार प्रधान कार्यालयमा कार्यरत ३५ जनाभन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी गराएको हो ।

गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमबाट सेतो धन बनाउने कार्य हुने भएकाले त्यसलाई नियन्त्रण गर्न यो तालिमले सहयोग गर्ने अपेक्षा गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र आन्तरिक लेखापरीक्षक चाटर्ड एकाउन्टेन रेनुका खत्रीले तालिम प्रदान गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x