Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चालु आर्थिक वर्ष विकासको आरम्भ वर्ष हो : प्रधानमन्त्री ओली

चालु आर्थिक वर्ष विकासको आरम्भ वर्ष हो : प्रधानमन्त्री ओली

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षलाई विकासको आरम्भ वर्षका रूपमा लिइएको बताएका छन् । प्रतिनिधिसभाको शनिबार जारी बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष र चालु आव दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रुपमा लिएको बताएका हुन् । उनले भने –‘पहिलो वर्षलाई आधार वर्षका रूपमा लिएका थियौं। चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएका छौं।’

बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले दोस्रो वर्षमा सरकारले ५ प्रमाणीकरण हुन बाँकी सहित ५५ नयाँ कानुन निर्माण हुनुलाई सरकारको उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । त्यस्तै, २०१ ऐन संशोधन र १३ ऐन खारेज गरेर संघीयतालाई कार्यान्वयन गर्न सरकार सफल भएको बताए। उनले लोकतन्त्र विस्तारित हुँदै गएको पनि दाबी गरे । त्यस्तै उनले सडक र सदनमा झण्डा बोकेर कराउनु लोकतन्त्र नभएर शिक्षा र स्वास्थ्यको सुनिश्चितता हुनुलाई लोकतन्त्र मानेका छन् ।

त्यस्तै ओलीले अब सरकारले दीर्घकालीन रुपमा काम गरिरहेको बताए । पूँजीगत खर्च गर्ने व्यवस्थामा पनि सुधार भएको उनले संसदलाई जानकारी दिए ।
त्यस्तै रोजगारीको क्षेत्रमा सुधार भईरहेको पनि जानकारी दिए । उनले श्रमिकको पारिश्रमिक पनि ३९ प्रतिशत वृद्धि भएको बताए । श्रम बजारमा आउँने नयाँ बेरोजगारहरुले रोजगारी प्राप्त गर्नु सफल भएको उनले बताए ।

त्यसैगरी उनले ३ वर्षयता ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुनुलाई सरकारको महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x